
काठमाडौं । निजी मेडिकल कलेज तथा अस्पताल सञ्चालकले सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएका छन् । बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै विराट मेडिकल कलेज, काठमाडौँ मेडिकल र बीएण्डसी अस्पतालका सञ्चालकहरुले स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेको बताएका हुन । पत्रकार सम्मेलनमा नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बीमा कार्यक्रम सरकारका कारण स्थगित भएको बताए ।
सरकारले गत १५ जेठमा प्रस्तुत गरेको बजेट बतव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनिएको छ पत्रकार सम्मेलनमा बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईं बताए ।
नोवेल मेडिकल कलेजका सञ्चालक शर्माले आफूलाई फाइदा नहुँदा नहुँदै पनि राज्यको कार्यक्रम सञ्चालन गरिदिएको दावी बताए । विराट मेडिकल कलेजका सञ्चालक डा कार्कीले पनि राज्यको नीति अनुसार नै आफूहरुले कार्यक्रम स्थगित गरेको बताए ।
सञ्चालकहरुले पुरानो बक्यौँता रकमको सोधभर्ना गर्न सरकारसँग आग्रह गरेका थिए । बीएण्डसीले आफूहरुको ५४ करोड बढी र नोवेलले ६२ करोड बढी रकम सरकारी बीमा बोर्डमा रोकिएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस