aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

परीक्षामा सहभागी किशोरीलाई भित्री वस्त्र खोल्न लगाएपछि हंगामा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, ०५ साउन २०७९
परीक्षामा सहभागी किशोरीलाई भित्री वस्त्र खोल्न लगाएपछि हंगामा

काठमाडौं । मकवानपुरको हेटौंडामा रहेको हेटौंडा क्यापसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । साउन ३ गते स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुव्र्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । विद्यार्थीमाथि दुव्र्यवहार भएको घटनाको विरोध गर्दै विद्यार्थीले बुधबार हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै ताला लगाएका छन् ।

विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड समेत गरेका छन् । मकवानपुर बहुमुखी क्याम्पसका परीक्षार्थीलाई दूव्र्यवहार गरेको भन्दै सबैजसो विद्यार्थी संगठनले विरोध जनाएका थिए । परीक्षार्थीले चिट लुकाएको आशंकामा क्याम्पसका कर्मचारी र प्रहरी समेतले छात्राको भित्री लुगा समेत खोल्न लगाई खानतलासी गरेको पीडित विद्यार्थीको आरोप छ । घटनामा संलग्न २ सहायक स्तरका जना कर्मचारीलाई निलम्बिन गरी ३ दिनभित्र छानविन प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।

मकवानपुर हेटौंडा स्थित हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको वार्षिक परीक्षा सञ्चालन गर्ने क्रममा छात्रामाथि यौन दुव्र्यवहार भएकोप्रति विद्यार्थीहरुले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले छात्राहरुमाथि भएको दुव्र्यवहारको तत्काल छानविन गर्न माग गरेको छ । ३ साउनमा मकवानपुर बहुमुखी क्याम्पसबाट बि।एड। दोस्रो वर्षको परीक्षा दिन गएको दुई जना छात्रालाई हेटौंडा क्याम्पसमा चिट ल्याएको भन्दै सबै कपडा खोल्न लगाई प्याडसम्म खोल्न लगाई गरेको अभद्र व्यवहार भन्दै अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले भत्र्सना गरेको छ ।

“घटना एकदमै आपत्तिजनक छ, त्यस्तो व्यवहार गर्ने व्यक्ति कुनै कोणबाट शिक्षक हुन सक्दैन” विज्ञप्तिमा भनिएको छ । “घटनाको तत्काल छानबिन गरि दोषीलाई तत्काल पक्राउ गरि कारवाहीको माग गर्दछौ” अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष प्रसिद्ध रेग्मीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस