aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जनार्दन शर्मालाई सहभागी गराएरै छानबिन समितिको बैठक सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ साउन २०७९
जनार्दन शर्मालाई सहभागी गराएरै छानबिन समितिको बैठक सुरु

काठमाडौं । विवादका कारण राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठक शार्मकै सहभागितामा सुरु भएको छ । छानबिन समितिका ११ जना सदस्यहरु तथा शर्मासमेत बैठकमा सहभागी भएका हुन् । 

अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । 

छानबिन समिति गठन भए लगत्तै शर्माले अर्थमन्त्रीपदबाट राजीनामा दिएका थिए । 

समितिले आज शर्मासँग बयान लिने तयारी स्वरुप उनलाई बैठकमा बोलाएको छ । समितिलाई कार्य आरम्भ गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश छ । यद्यपी तोकिएको समयसीमा सकिएको समितिले आज सभामुख अग्निप्रसाद सापकोटासँग थप सात दिन माग गर्ने तयारी रहेको छ ।  

प्रतिक्रिया दिनुहोस