एजेन्सी । राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेदवार द्रौपदी मुर्मु भारतको १५ औं राष्ट्रपति बन्ने भएकी छिन् । यो सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी पहिलो आदिवासी भारतको दोस्रो महिला राष्ट्रपति हुनेछिन् । बिहीबार बिहान ११ बजेदेखि सुरु भएको तेस्रो चरणको मतगणनामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए(की उम्मेद्वार द्रौपदी मुर्मुले संयुक्त प्रगतिशील गठबन्धन (युपीए)का उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी छन्।
मुर्मुले तेस्रो चरणमा नै आवश्यक ५ लाख ४३ हजार २६१ मत प्राप्त गरिन । तेस्रो चरणमा मुर्मुले ५ लाख ७७ हजार ७७७ मत पाएका छन् । जबकि यशवन्त सिन्हाले २ लाख ६१ हजार ६२ मत मात्रै पाए । यसमा राज्यसभा र लोकसभा सांसदहरू सहित २० राज्यहरूको मतहरू समावेश छन्। बाँकी प्रदेशको मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस