aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०६ साउन २०७९
अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ बनाउन नसकिने

काठमाडौं । सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ । आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो ।

प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले आयोजनाको रेखाङ्कनलाई पुनरावलोकन गर्नुपर्ने  निष्कर्षसहितको प्रतिवेदन समितिमा बुझाएको छ । मन्त्रालयले समितिलाई साउन ३ गते बुझाएको हो । समितिका सचिव ओमबहादुर कार्कीले निर्माण भएका स्थायी संरचनालाई हटाउँदा तथा ती जग्गा अधिग्रहण गर्दा मुआब्जास्वरूप लाग्ने रकम अत्यधिक लाग्ने भएकाले आयोजनाको रेखाङ्कन नै पुनरवलोकन गर्नुपर्ने सुझाव दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस