aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ

दाङ । घोराहीको रझेनामा रहेको श्री माध्यमिक विद्यायका शिक्षक १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँ घुससहित शिक्षक गणेश केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

केसीलाई घुस लिइसकेको अवस्थामा घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस