द ब्रिटिस कलेजले सेप्टेम्बरदेखि ‘विकेण्ड इएमबिए’ कार्यक्रम शुरु गर्न लागेको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा ब्रिटिस कलेजले ‘विकेण्ड इएमबिए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै डिग्री हासिल गर्न चाहने प्रोफेसनल व्यक्तिका लागि लक्षित गरेर यो पाठ्यक्रम बनाइएको छ । यसको पठनपाठन शुक्रवार साँझ, शनिवार बिहान, दिउँसो र प्रत्येक दोस्रो आइतबार कक्षाहरू सञ्चालन गर्ने तयारी रहेको छ । ब्रिटिस कलेजमा विकेण्ड इएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ । यसै विषयमा रहेर आर्थिक न्युज डटकमले द ब्रिटिस कलेजकी स्कुल अफ बिजनेस प्रमुख सुनिता बस्नेतसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:
ब्रिटिस कलेजले यही सेप्टेम्बरबाट नयाँ कोर्स ‘विकेण्ड इएमबीए’ सञ्चालन गर्दै छ । यो कस्तो खालको कोर्स हो ?
२०१२ देखि ब्रिटिस कलेजले आफ्नो एकेडेमी कार्यक्रमहरू शुरु गरेको हो । त्यति बेला अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापन मार्फत शुरु गरिएको थियो । २०१६ मा इएमबीए भनेर शुरु गरियो । त्यति बेला १५ जना प्रोफेसनल विद्यार्थीहरू जोडिनु भएको थियो । त्यसयता हामी २०२२ सम्म आइपुग्दा इएमबीए कार्यक्रम निरन्तर रूपमा अगाडी बढाइरहेका छौँ ।
विशेषगरि इएमबीएले प्रोफेसनल व्यक्तिहरूलाई समेट्ने गर्छ । कुनै पनि व्यक्ति मध्यम लेभल अर्थात् म्यानेजरको पदका काम गर्दै छन् भने उनीहरूले त्यस अन्तर्गतका सम्पूर्ण कामहरू गर्नु पर्यो । आफ्नो टिम म्यानेज गर्नेदेखि कार्यक्रमहरू उत्पादन व्यवस्थापनसम्मको कामहरू गर्नु पर्ने हुन्छ ।
तर, म्यानेजरको पदमा पुगेका सबै व्यक्तिलाई उसले निर्वाह गर्नु पर्ने जिम्मेवारीको ज्ञान नभएको पनि हुनसक्छ । त्यो तहमा रहेको व्यक्तिले सिक्नु पर्ने धेरै कुराहरू हुन सक्छन् । त्यस्ता व्यक्तिहरूका लागि हामीले ईएमबीए कार्यक्रम ल्याएका हौँ ।
हामीले पहिलेदेखि नै इएमबीए कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यो नयाँ होइन । तर, अहिले हामीले सञ्चालन गर्न लागेको इएमबीए कार्यक्रम केही फरक पक्कै छ । अहिले हामीले इएमबीएलाई ‘विकेण्ड इएमबीए’ फर्मेटमा अपग्रेड गरेका छौँ ।
यसलाई सन् २०२० देखि युनिभर्सिटीको रिक्वायरमेन्टमा अपग्रेड गरेका छौँ । यस पटकदेखि शिक्षाको डेलिभरी ढाँचा परिवर्तन गरेका छौँ । प्रोफेसनल विद्यार्थीहरूको सुझावकै आधारमा हामीले परिवर्तन गरेका हौँ ।
ईएमबीएका विद्यार्थीहरूलाई प्रत्येक दिन पढ्ने समय हुँदैन । उनीहरू अन्य विद्यार्थीहरू जस्तो दैनिक कक्षामा आउन पाउँदैनन् । यी सबै कुराहरू हेरे उनीहरूको सुझाव अनुसार सेप्टेम्बरदेखि ‘विकेण्ड इएमबीए’ भनेर सञ्चालन गर्न लागेका छौँ ।
द ब्रिटिस कलेजले सेप्टेम्बरदेखि विकेण्ड इएमबिए कार्यक्रम शुरु गर्ने भएको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने लागिएको हो । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायीका लागि लक्षित गरेर यो पाठ्यक्रम बनाइएको हो । ब्रिटिस कलेजमा विकेण्ड इएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ ।
कस्ता विद्यार्थीहरू यसमा सहभागी हुन पाउँछन् ?
म्यानेजर लिडरसिप पोजिसनमा भएका व्यक्तिहरू जोसँग कम्तीमा दुई वर्षको लिडरसिपमा अनुभव भएको हुनुपर्छ । कम्पनीमा यो लेभलमा दुई वर्ष काम गरेको हुनु पर्यो । मानौँ तपाई यस क्षेत्रमा निरन्तर सिक्न चाहनु हुन्छ । तपाईँको म्यानेजरले वा एक्जुकेटिभले फिडब्याक दिनु भयो तपाईँले यो कोर्ष गरिसकेपछि लिडरसिपको नेतृत्व क्षमता सुधार गर्नलाई इएमबिएले मद्दत गर्छ । विशेषगरि काम गरिरहेकै प्रोफेसनलहरूको लागि जसलाई काम र पढाई सँगसँगै लैजानु छ उहाँहरूले ईएमबीए कोर्ष लिन सक्नु हुन्छ ।
पहिलेदेखि गरिरहनु भएको इएमबीए र अहिले ल्याउनु भएको ‘विकेण्ड इएमबिए’ कोर्षमा के के फरक छ ?
ईएमबीए कोषमा जति पनि पढाई हुन्छ त्यो सबै बेलायतमा डिजाइन भएर आएको हुन्छ । २०२० अघि हाम्रोमा एमबीए र इएमबीएको करिकुलम लगभग सबैजसो उस्तै थियो । एक दुई वटा मोडलहरू मात्रै फरक रहेको थियो । २०२० को समयमा युनिभर्सिटी फ्रेमवर्कले उताको पनि करिकुलम अपडेट भएकोले केही फरक बनाउनु पर्छ भन्ने भयो । मार्केट परिवर्तन भइरहन्छ यसले गर्दा पनि केही फरक बनायौँ ।
२०२० अघि हाम्रोमा एमबीए र इएमबीएको करिकुलम लगभग सबैजसो उस्तै थियो । एक दुई वटा मोडलहरू मात्रै फरक रहेको थियो । २०२० को समयमा युनिभर्सिटी फ्रेमवर्कले उताको पनि करिकुलम अपडेट भएकोले केही फरक बनाउनु पर्छ भन्ने भयो । मार्केट परिवर्तन भइरहन्छ यसले गर्दा पनि केही फरक बनायौँ ।
यसपछि हामीले एमबीए र इएमबीएको करिकुलम भिन्दाभिन्दै बनायौँ । इएमबीएमा भएका कुराहरू एमबीएमा छैनन् । सिनियर लेभलका म्यानेजरहरूलाई चाहिने खालको मोडलहरु हामीले इएमबीएमा समावेश गरेका छौँ ।
यसको पढाईको समय अवधि कति हुन्छ ?
यस कोर्षको समयावधि दुई वर्ष हुन्छ । युके युनिभर्सिटीको करिकुलम भए पनि नेपालको युनिभर्सिटीसँग म्यानेज गर्नका लागि दुई वर्षे कोष सञ्चालन गर्ने छौँ । यो कोर्षका लागि रेगुलर आउनु पर्ने हुन्छ । यस कोर्षमा चार वटा सेमेस्टर हुन्छ । चार वटा सेमेस्टर सकिएपछि फाइनलमा प्रोजेक्ट पनि गर्नु पर्ने हुन्छ । यो सबै गर्दा दुई वर्षको अवधि हुन्छ ।
यो कोर्षमा सैद्धान्तिक या प्रयोगात्मक कुनलाई बढी प्राथमिकता दिनु हुन्छ ?
‘विकेण्ड इएमबीए’ मा प्राक्टिकल लर्निङलाई नै बढी प्राथमिकता दिन्छौँ । यसमा आबद्ध हुने विद्यार्थीहरू नै प्रोफेसनल हुने भए । यसो हुँदा उहाँहरूलाई हामीले सैद्धान्तिक मात्रै पढाउने भन्ने नै हुँदैन । यहाँ म कुनै कम्पनीको सिइओ हो यसै आउँछ भन्न पाइँदैन । प्राक्टिस गर्नु नै पर्ने हुन्छ । मार्केटमा गएर रिसर्च गरेर मार्केट र इन्डस्ट्रिज कहाँ छ भनेर हेर्नु नै पर्छ । यी सबै कुराहरू हामीले प्राक्टिकल्ली नै गर्न सिकाउँछौँ । यदि कसैले व्यवसाय सञ्चालन गर्ने तयारी गर्नु भएको छ भने उहाँहरूले पनि यहाँ जोडिएर सिक्न सक्नु हुन्छ ।
विद्यार्थीको मूल्याङ्कनहरू व्यावहारिक आवश्यकतासँग जोडिएका छन् । उदाहरणका लागि मूल्याङ्कनले विद्यार्थीहरूलाई आफ्नो राय बनाउदै बजारमा अघि बढ्न अनुसन्धान गर्न आवश्यक छ । थप रूपमा यदि तपाइँ कुनै स्टार्टअपको संस्थापक हुनुहुन्छ र तपाइँको व्यवसायको साथ मापन गर्न मद्दत चाहिन्छ भने हाम्रो इएमबीएको सामग्रीले मद्दत गर्दछ ।
पढाइको माध्यम कस्तो हुन्छ ?
कोरोना महामारी अघि हामीले सकै कक्षाहरू भौतिक उपस्थितिमा चलाएका थियौँ । कोरोना बेलामा भने हामीले अनलाइन कक्षाहरू सञ्चालन गर्यौ । ईएमबीएको हकमा सकभर भौतिक उपस्थिति मै हामीले कक्षा सञ्चालन गर्यौ । कसैले भौतिकरुपमा कक्षा आउन सक्नु भएन भने अगाडी नै जानकारी गराउनु पर्ने हुन्छ । अहिले तत्कालको लागि हाम्रो कक्षा भौतिक उपस्थितिमै सञ्चालन हुन्छन् ।
अनुसन्धानका स्रोत साधनहरुका कारणले गर्दा हामीलाई सजिलो हुन्छ । ईएमबीएमा १२ हप्ताभित्र म के के पढ्दै छु भनेर सबै पहिला नै जानकारी भएको हुन्छ । यसले गर्दा योजना बनाएर बिचमा कक्षा आउन नसक्दा त्यसको म्यानेज गर्न सकिन्छ । यो कार्यक्रमको करिकुलम निकै लचिलो रहेको छ । यसको पठनपाठन शुक्रवार साँझ, शनिवार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरू सञ्चालन हुनेछ ।
दुई वर्षको अवधिमा विद्यार्थीहरूलाई के के सुविधा दिनु हुन्छ ?
पहिलो करा हामीले दिने पढाइको कुरा छदै छ । यसबाहेक डेलिभरी ढाँचा, सिधै इएमबीएमा जोड्नका लागि विभिन्न कार्यक्रमहरू राख्छौँ । हाम्रो विशेषगरि नेटवर्किङलाई ध्यान दिएका हुन्छौँ । बेलायती राजदूतहरुसँग पनि हामीले विशेष छलफल राख्ने गर्छौ । प्रोफेसनल लेभलको मानिसहरू पढ्न आउने भएकोले हामीले त्यही अनुसारको सुविधाहरू दिन्छौँ । पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरूले दुबई वा सिंगापुरमा अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछन् ।
इएमबीए र टीबीसीका विद्यार्थीहरूले देशको आर्थिक र अर्थतन्त्रलाई कसरी योगदान गर्न सक्छन ?
इएमबीएमा सामेल भएका विद्यार्थीहरू संगठन निर्णय तथ निर्माताहरू हुन् । जब तपाईं निर्णय निर्माता हुनुहुन्छ, तपाईं देशको अर्थतन्त्रको पक्षमा ध्यान दिनुहुन्छ र त्यसैले तपाईंको निर्णय देशको स्थिति अनुसार हुनेछ । यो पनि त्यस्तै हो । तपाईले लिने निर्णयले बजारमा पनि प्रभाव पार्छ । त्यसैले पाठ्यक्रम, विद्यार्थीहरू निर्णय र प्रभावको हिस्सा हुन पर्याप्त शक्ति मिल्ने छ । एक नेताको रूपमा, तपाईं संस्थाहरूको वित्तीय नेतृत्व गर्न सक्क्षम हुनुहुन्छ त्यसपछि देशको बारेमा पनि सचेत हुनुहुन्छ ।
२०१६ देखि नै एमबीए कक्षा चलाइराख्नु भएको छ । हालसम्म कति जनालाई ग्य्राजुयट गराइसक्नु भयो ?
हालसम्म ४० जनाको हाराहारीमा ग्य्राजुयट भइसक्नु भएको छ । २०२२ मा पनि करिब ७ जना ग्य्राजुयट हुनु हुँदैछ । यहाँबाट ग्य्राजुयट भइसक्नु भएकाहरू धेरै जना हाइ लेभलको पोजिसनमा हुनुहुन्छ । बैंक, माइक्रो फाइनान्स, एनजिओ, आइएनजिओ लगायत क्षेत्रमा विभिन्न माथिल्लो पदमा रहेर काम गरिरहनु भएको छ । कोही पारिवारिक व्यवसायमा पनि आबद्ध पनि हुनुहुन्छ ।
अन्त्यमा, के भन्नु हुन्छ ?
कोही व्यक्ति आफ्नो लेभलबाट पढ्छु भनेर सोच्नु भएर आउनु हुन्छ भने आफूलाई कस्तो खालको आवश्यक छ त्यो सोच्नु पर्ने हुन्छ । ‘विकेण्ड इएमबीए’ पढ्न आउनु हुनेले पहिले सेल्स स्टडी गर्न आवश्यक हुन्छ । त्योसँगै आफूलाई अपडेट गर्नु पर्ने हुन्छ ।
आफू पुगेको तहमा आफूले नेतृत्व गर्न सक्नु भएन भने त्यति प्रभावकारी हुँदैन । आफ्नो पदमा रहेर उत्तम नेतृत्व गर्न चाहनु हुनेको लागि हामीले यो कार्यक्रम ल्याएका छौँ ।
तपाईँहरू कुनै क्षेत्रको सिनियर पोष्टमा हुनुहुन्छ तर, आफूले आफूलाई प्रोग्रेस गर्न चाहनु हुन्छ भने ‘विकेण्ड इएमबीए’ रोज्न सक्नु हुन्छ । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै डिग्री हासिल गर्न चाहने प्रोफेसनल व्यक्तिका लागि ‘विकेण्ड इएमबीए’ उत्तम हुनसक्छ । विद्यार्थीहरुले यो कोर्षमा समावेश हुनुभन्दा पहिला धेरै अध्यायन अनुसन्धान गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस