काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति निजीक्षेत्रको अपेक्षभन्दा फरक प्रकारको आएको बताएका छन् । शनिबार राजधानीमा रसायन तथा मेडिकल आपूर्ति संघको साधारणसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालमा लगानीमैत्री वतावरण बनाउन आर्थिक वर्ष २०७९र८०को मौद्रिक नीतिले काम गरेन । निजी क्षेत्रले दिएको सुझावभन्दा धेरै फरक मौद्रिक नीति आएको छ ।’
केन्द्रीय बैंकले व्याजदर बढाएर औद्योगीककरण हुन्छ भन्ने अवधारणा बनाएको हो भने गलत धारणा भएको उनको भनाइ थियो । उनले भने, ‘व्याजदर वृद्धि गर्ने, आपूर्तिलाई नियन्त्रण गर्ने नीति ल्याउने अनि उत्पादनमूलक उद्योगको विकास गर्छु भन्ने यो नीति आफैमा विरोधाषपूर्ण छ ।’
उक्त कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पनि मौद्रिक नीतिले निजी क्षेत्रको भावना समेट्न नसकेको बताए । उनले भने, ‘ बजारमा तरलता अभाव भइरहेका बेलामा केन्द्रीय बैंकबाट आएको मौद्रिक नीतिले कतैबाट पनि तरलता आपूर्ति गर्छ जस्तो लाग्दैन । व्याजदर बढाएर देशमा आर्थिक विकास गर्छु भन्ने गभर्नरले औद्योगिककरणको कसरी गर्छन ?’ केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले राज्य र निजी क्षेत्रबीचको दुरी बढाउने काम गरेको उनले आरोप लगाए ।
महासंघका अर्का उपाध्यक्ष अन्जन श्रेष्ठले राज्यले अर्थतन्त्रका बारेमा उपेक्षा गरेको आरोप लगाएका छन् । उनले भने, ‘राज्य अर्थतन्त्रका बारेमा गम्भिर नभएको देखिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा ८ प्रतिशतको आर्थिक वृद्धिदर भन्ने अनि व्याजदर बढाउने यो कसरी सम्भव होला ?’
राज्यका धेरै ठाउमा बेथिति रहेको पनि सुनियो यो देशमा अचम्मै भइरहेको छ उनले सुनाए । उनले भने, ‘बेथितिका कुरा नांगो रुपमा भइरहदा समेत कसैले सम्बोधन समेत नगर्ने राज्यमा वर्षौदेखि ठूलो मात्रामा रोजगारी सृजना गरिरहेका व्यापारमाथि बन्द गर्ने नीति ल्याउँदा समेत सबै क्षेत्र रमिते भएर बस्ने ?’
सरकारले नियन्त्रण गर्ने खालको आर्थिक नीति अवलम्बन गरिरहेका उनले आरोप समेत लगाएका छन् । उनले भने, राज्यले नियन्त्रणमूखी अर्थतन्त्र ल्याइरहेको छ । केन्द्रीय बैंकले वित्तीय क्षेत्र मार्फत बैंकको व्याजर वृद्धि गर्ने, नगद कोष अनुपात वृद्धि गर्ने,वैधानिक तलरलता अनुपात पनि वृद्धि गर्ने जस्ता नीति बनाएको छ । यस्तो नीतिले देशमा व्यापार हुन्छ ?’
अहिलेको अबस्थामा नै ३५ प्रतिशतभन्दा बढी व्यापारीहरुले व्याज समेत बुझाउन नसकेका अबस्थामा अब उद्योग बन्द गर्ने कि चलाउने दोसाँधमा पुगेको उनले बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिका कारण झन ऋणको व्याज नै तिर्न नसक्ने अबस्थामा पुग्ने निश्चित छ ।’
नेपाल उद्योग बाणिज्य महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले भने ७० प्रतिशत राज्यको आम्दानीको हिस्सा भएको क्षेत्रलाई उपेक्षा गर्ने मौद्रिक नीति आएको बताए । उनले भने, कसैको लैलैमा लागेर १७ खर्बभन्दा बढीको बजेट ल्याउने त्यसमा ७० प्रतिशत आम्दानीको भाग निजी क्षेत्रलाई थुपार्ने अनि निजी क्षेत्रलाई राज्यले शुन्य प्रतिशत इज्जत दिने नीति ल्याउने ?’
उद्योग र व्यापारमा दुई थरी व्याजदर कुनै पनि देशमा कार्यान्वयनमा नरहेको समेत उनले बताए । उनले भने, ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्ने सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतमा कायम राख्न सक्ने क्षमता कसरी विकास गर्छ ? दुई प्रकारको व्याजदर कायम गर्ने अनि आयातलाई नियन्त्रण गर्ने , कुन देश होला आयात नगरी चलेको ?’
प्रतिक्रिया दिनुहोस