aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ साउन २०७९
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । 

आइतबारको संसद बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन छलफलका लागि पेस हुने कार्यसूची रहेको छ । त्यसैगरी कारागार विधेयक, २०७६ पेस हुने र आजै उक्त  कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस