aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

१४ बुँदे घोषणा पत्र जारी गदैँ धनगढीमा धामी झाँक्री सम्मेलन सकियो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, ०८ साउन २०७९
१४ बुँदे घोषणा पत्र जारी गदैँ धनगढीमा धामी झाँक्री सम्मेलन सकियो

काठमाडौं । कैलालीको धनगढीमा मर्यादित महिनावारीको लागि तीन दिने धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गदैँ सम्पन्न शनिबार भएको छ ।

सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावरीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।

महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकोले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्वपूर्ण भन्दै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन् ।
समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवन यापन गर्ने वातावरण सृजना गर्न कुनै पनि किसिमको लैंगिक भेदभाव नगरी मर्यादित महिनावारी मैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा घर परिवारमा मर्यादित महिनावारी मैत्री बनाउन किशोरी, महिलाहरुलाई महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्नेछ ।

धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिहरुमा आत्मविश्वास बढाउनको लागि मर्यादित महिनावारीको ’दयगतमा सू–सुचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताको लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीहरुलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने सो घोषणापत्रमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस