aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एटीएम मेसिन फोडेर नगद चोरी गर्ने बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ साउन २०७९
एटीएम मेसिन फोडेर नगद चोरी गर्ने बढे

पोखरा । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । त्यो पनि बिना हातहतियार । पोखरा महानगरपालिका–२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ ।

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो । यसअघि  पोखरा–९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो । शुक्रबार मात्रै उक्त घटना घटेको थियो । घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो । दुवै एटीएम रातको समयमा फोडिएको छ । लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ । आजको नेपाल समाचारपत्रबाट 

प्रतिक्रिया दिनुहोस