एजेन्सी । मंकीपक्सको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । डब्लुएचओको शनिबार बसेको बैठकले विश्वव्यापी रुपमा स्वास्थ्य संकटकाल घोषणा गर्ने निश्कर्ष निकालेको हो ।
उक्त बैठकमा संगठनका महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसले ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् । डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ ।
संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी डब्लुएचओले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस