काठमाडौं । नेपाल प्रेस युनियनको शनिबार सम्पन्न मतदानको गणना जारी रहेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडामा उद्घाटन गरेको नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी रहेको हो ।
अहिलेसम्म ६ सय मतगणना भएकोमा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गरेकी छिन् भने इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्सालले ३ सय २६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत र इतर समूहका प्रेम केसी २ सय ९५ मत ल्याएका छन् । महासचिवमा पनि संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गरेका छन् ।
लेखा समिति संयोजकको उम्मेदवार रहेका कालिका महतका अनुसार करिब आधाआधी मतगणना सकिदा संस्थापन पक्षका भन्दा इतरका उम्मेदवारहरु बलियाृ देखिएका छन् । हालसम्मको परिणाम हेर्दा प्रेस युनियनको अबको कार्यसमितिमा इतर समूहको वर्चस्व हुने सम्भावना बलियो रहेको छ ।
प्रतिक्रिया दिनुहोस