aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

नाइजेरियामा एकै परिवारका पाँच जनाको वीभत्स हत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ साउन २०७९
नाइजेरियामा एकै परिवारका पाँच जनाको वीभत्स हत्या

एजेन्सी । मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  

घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ । सर्वाधिक जनसङ्ख्या भएको नाइजेरिया शृङ्खलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ । यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा मारिएका छन् ।  

प्रतिक्रिया दिनुहोस