aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यस्तो छ प्रेस युनियनको पछिल्लो मत परिणाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ साउन २०७९
यस्तो छ प्रेस युनियनको पछिल्लो मत परिणाम

काठमाडौं । नेपाल प्रेस युनियनको शनिबार सम्पन्न मतदानको गणना जारी रहेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले हेटौंडामा उद्घाटन गरेको नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी रहेको हो ।

अहिलेसम्म ९७२ सय मतगणना भएकोमा संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले ४ सय १६  मत प्राप्त गरेकी छिन् भने इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका शिव लम्सालले ५ सय ३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत र इतर समूहका प्रेम केसी २ सय ९५ मत ल्याएका छन् । महासचिवमा पनि संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले २ सय ९२ र इतर समूहका दिलीप पौडेलले ६ सय ४७ मत प्राप्त गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस