aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०९ साउन २०७९
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी

काठमाडौं । विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसलालाई लिएर छानबिन गर्न भन्दै उजुरी परेको हो ।

उजुरीकर्ताले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई सफाइ दिने न्यायाधीशसमक्ष पर्याप्त आधार र प्रमाण पेस गरेको तर न्यायाधीशले अनुमानको आधारमा सफाइ दिएको उजुरीकर्ताको दाबी छ ।

सहन्यायाधिवक्ता थापा ५ लाख घुससहित पक्राउ परेका थिए । सहन्यायाधिवक्ता थापालाई विशेषका न्यायाधीश रमेशकुमार पोखरेल, बलभन्द्र बास्तोला र डा. खुसीप्रसाद थारूको इजलासले गत १६ जेठमा दुवै मुद्दामा उनलाई सफाइ दिएको थियो । सहन्यायाधिवक्ता थापा र न्यायाधीश रमेशकुमार पोखरेल सहकर्मी हुन् ।

सहकर्मीको मुद्दा हेर्दा स्वार्थ बाँझिने भए पनि न्यायाधीश पोखरेलले मुद्दा हेरेका थिए । महान्यायाधिवक्ता कार्यालयमा हुँदा न्यायाधीश पोखरेल र थापा सहकर्मी थिए । विशेष अदालतले गत आर्थिक वर्ष २०७८/७९ मा ३ सय ३९ मुद्दाको फैसला गरेको थियो। जसमध्ये ९० प्रतिशतले सफाइ पाएका थिए ।

प्रतिक्रिया दिनुहोस