aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने बारे छलफल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०९ साउन २०७९
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने बारे छलफल

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो ।

मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भने, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर टुङ्गिएको छैन ।” यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न कार्यदल बनाएका थिए । कार्यदलको सुझावअनुसार सरकारले इम्बोस्ड नम्बर प्लेटको बनोट र भाषा परिवर्तनका लागि छलफल थालेको हो ।

प्रदेशको नाम मात्रै नेपाली भाषामा लेख्दा र पूरै नम्बर प्लेट नै नेपाली भाषामा लेख्दा थप आर्थिक भार पर्नसक्ने सम्भावनाका बारेमा पनि छलफल भएको छ। यस विषयमा मन्त्रालयले कम्पनीसँग लिखित रूपमा जानकारी मागेको छ ।

प्रतिक्रिया दिनुहोस