aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बुटवलका कल सेन्टरका म्यानेजर छापामार प्रहरीकै बीचबाट फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० साउन २०७९
बुटवलका कल सेन्टरका म्यानेजर छापामार प्रहरीकै बीचबाट फरार

भैरहवा । चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा सन्चालनमा रहेको रुपन्देहीको कल सेन्टरले सीमावर्ति भारतीय व्यापारीलाई ठग्ने गरको खुलेको छ । तिलोत्तमा नगरपालिका स्थित जानकीनगरमा रहेको व्लु स्काइ नामक  एक कल सेन्टरबाट  रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ  गरेको थियो  ।

प्रहरीले कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्यो भनी ठगी गर्ने , व्लयाकमेलिङ गर्ने गरेको आरोपमा कल सेन्टरमा काम गर्ने करिब १ सय ५० जना १६ वर्ष देखि २१ वर्ष उमेर समुहका किसोर किसोरीलाई कार्यालयभित्रै निगरानीमा राखेको छ । काम गर्ने कर्मचारीलाई प्रहरीले निगरानीमा राखेता पनि कार्यालयका व्यवस्थापकलाई पक्राउ गर्न सकेको छैन । 

कार्यालयमा कार्यरत कर्मचारी पक्राउँ हुँदा कम्पनीमा म्यानेजर भाग्न सफल भएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले समता टेलिभिजनको टिमलाई जानकारी दिएका छन् । तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको डिएसपी ठग बाहादुर केसीले बताए ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । रुपन्देहीमा बिना दर्ता संचालन गर्दै गर्दा पनि अनुगमनकर्ताले अनुगमन नगरेको पाइन्छ ।

यस्ता ठगि देशभरीकै नागरिकहरुलाइ टाउको दुखाइको विषय रहेको थियो । उनीहरुले अरु ठाउँ नरोजेर रुपन्देही नै रोज्नुको कारण नाका नजिकै रहनु, जनसंख्या बढि हुनु र अन्तराष्ट्रिय विमान स्थल नजिकै रहेको एसपी रबिन्द्र रेग्मी बताउँछन् । चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

३ सय जति कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैध धन्दा भइरहेको सूचना आएपछि छापा मारिएको रुपन्देहीका प्रहरी प्रमुख रबिन्द्र रेग्मीले बताए । कल सेन्टरमा दुई सिफ्टमा गरी साढे दुई सय भन्दा बढी कर्मचारीले काम गर्ने गरेका थिए । यसले नेपालमा साइबर क्राइम बढ्दो छ भन्ने कुराको पुष्टी गर्छ । यस्ता घटना ठुलो संख्यामा कर्मचारी नराखी एक व्यक्तिले पनि गर्न सक्ने सम्भावना रहेको छ । जसको  थप अनुसन्धान गर्नका लागि सिबिआइको टोली बुटवल आएको एसपी रबिन्द्र रेग्मीले बताए ।

हाल प्रहरीले २ जनालाइ म्याद थप गरी अनुसन्धान गरीरहेको छ । चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलीएको ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा वाट्स अप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

समता टेलिभिजनलाई प्राप्त सूचना अनुसार प्रहरीले छापा मार्नु भन्दा एक हप्ता अगाडि प्रहरी उक्त कार्यालयमा पुगेको र म्यानेजर सँग कुराकानी गरेर निस्किएका थिए । काम गर्ने कर्मचारी सँग रहेका म्यानेजर प्रहरीकै घेराबाट कसरी फरार हुन सफल भए त ? यो विषय गम्भीर छ ।

तल्लो दर्जाका कर्मचारीलाई पक्राउ गरी मुद्धा समेत चलाइ रहँदा बुटवल कार्यालयका म्यानेजरलाई किन पक्राउ गर्न सकेको छैन त ? रुपन्देही प्रहरीले अनसन्धानको लागि भन्दै कलेज पढ्ने विद्यार्थीको कापी र किताब समेत नियन्त्रणमा राखेको स्रोतको दाबी छ । अनुसन्धान निकायले वास्तवितका छिटो भन्दा छिटो ल्याउने पर्नेछ ।

प्रतिक्रिया दिनुहोस