aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी भाईबुहारीको हत्या

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, ११ साउन २०७९
भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी भाईबुहारीको हत्या

काठमाडौं । बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा मंगलवार विहान मृत भेटिएका दम्पतीको पारिवारिक रिसिबीको कारण आफ्नै दाजु भाउजुले ‘भारतीय कन्ट्रयाक्ट किलर’को प्रयोग गरी हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको आफ्नै दाई भाउजुले भारतीय कन्ट्रयाक्ट किलारको प्रयोग गरी हत्या गरेको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक अधिकारीले मृतक कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खेलेको बताए । यद्यपी बिहान उनीहरु दुबैको हत्यको खबर प्रहरीलाई आरोपित भाउजु रेखाले नै दिएकी थिईन ।

प्रहरी उपरिक्षक अधिकारीले उनीहरुको हत्या गर्न भारतबाट ५०र५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र सोमवार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस