aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

पेट्रोलियम पदार्थपछि स्वास्थ्य सेवाका सामाग्रीको मूल्य बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ साउन २०७९
पेट्रोलियम पदार्थपछि स्वास्थ्य सेवाका सामाग्रीको मूल्य बढ्दै

एजेन्सी । पेट्रोलियम पदार्थपछि अहिले स्वास्थ्य सेवाका सामाग्रीको मूल्य बढेको छ ।  चीनमा बन्दाबन्दी र सरकारका केही नीतिका कारण आयातीत चिकित्सा उपकरण र केही औषधिको मूल्य विगत एक वर्षमा १२ देखि ५५ प्रतिशतले बढेको हो ।

यस वर्ष हालसम्म रुपैया लगभग ७.५ प्रतिशतले अवमूल्यन भएको छ । जसका कारण चिकित्सा उपकरणको आयात पनि झण्डै उत्तिकै महँगो भएको छ । यसका साथै औषधिको मुख्य कच्चा पदार्थ एपीआईको मूल्य १२० प्रतिशतले बढेको छ । यी सबैको बीचमा सरकारले ५ हजार रुपैयाँभन्दा बढी भाडामा लिने गैरआइसियु अस्पतालका कोठामा ५ प्रतिशत जीएसटी लगाएको छ । यही कारणले गर्दा सामुदायिक सामाजिक सञ्जाल प्लेटफर्म लोकलसर्कलले गरेको सर्वेक्षणमा ५२५ व्यक्तिले आफ्नो चिकित्सा खर्चमा तीव्र वृद्धि भएको बताएका छन्।

भारतीय चिकित्सा उपकरण उद्योग संघका अनुसार २०२१-२२ मा ६३,२०० करोडको मेडिकल उपकरण आयात गरिएको थियो। यो २०२०–२१ मा ४४,७०८ करोडको आयातको तुलनामा ४१ प्रतिशत बढी हो। रुपैयाँको अवमूल्यनका कारण शल्यक्रियाका उपकरण, अक्सिजन कन्सेन्ट्रेटर जस्ता उपकरणको मूल्य १०–१८ प्रतिशतले बढेको छ ।

रेटिङ एजेन्सी केयरएजको रिपोर्ट अनुसार चीनमा कोविडको अवरोधका कारण पछिल्ला १२–१८ महिनामा एपीआई मूल्य २५–१२० प्रतिशतले बढेको छ। जिलेटिन, सेलुलोज, स्टार्च, सुक्रोज र पोलिथिलीन ग्लाइकोल जस्ता सहायक पदार्थहरू २००५ महँगो भएका छन्। 

सरकारले यस वर्ष फार्मा कम्पनीहरूलाई स्वदेशी रूपमा विकसित औषधिको मूल्य १० प्रतिशतसम्म बढाउन अनुमति दिएको थियो । यसले हृदय रोगको उपचारमा प्रयोग हुने पेनकिलर र एन्टिबायोटिक लगायतका झण्डै ८०० औषधिको मूल्यमा कम्तीमा १० प्रतिशतले वृद्धि भएको छ । कतिपय औषधिहरूको उत्पादनमा एपीआई जस्ता आयातित कच्चा पदार्थहरू प्रयोग हुने भएकाले यसको मूल्य ५५५ सम्म बढेको छ।

प्रतिक्रिया दिनुहोस