aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

यसरी पुगेछन् दूरसञ्चारका प्रयोगकर्ता जनसंख्याभन्दा दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
यसरी पुगेछन् दूरसञ्चारका प्रयोगकर्ता जनसंख्याभन्दा दोब्बर

काठमाडौं । पछिल्लो एक दशकयता नेपालमा आक्रामक रुपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजनक रुपमा वृद्धि भइरहेको छ ।दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् ।
केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल जनसंख्यालाई आधार मान्ने हो भने देशमा रहेका नेपालीबाहेक औषतमा हरेक एक नेपाली बराबर दुईवटा सीमकार्ड तथा टेलिफोन लाइन पर्छ ।
विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसंख्या द्द करोड ६४ लाख हो ।

नेपालमा साधारण टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या चार करोड ११ लाख १० हजार पुगेको छ ।

एकातर्फ दोहोरो सेवा लिनेको संख्या बढ्दै जानु र अर्कोतर्फ सेवा प्रदायक कम्पनीहरुबीच बढ्दो प्रतिष्पर्धाले दूरसञ्चार सेवाका प्रयोगकर्ता बढेका छन् ।  यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस