aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

अफगानिस्तान देखियो हैजाः ६६७ भन्दा बढी संक्रमित, सात जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ साउन २०७९
अफगानिस्तान देखियो हैजाः ६६७ भन्दा बढी संक्रमित, सात जनाको मृत्यु

कान्दहार । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन् । अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ ।

सङ्क्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले बुधबार भने, “एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको छ । कूल नौ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको छ । तीमध्ये ६६७ जनामा हैजा सङ्क्रमण देखिएको छ ।”

हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो भने कान्दहार, हेलमन्ड र छिमेकी जाबुलमा सयौं सङ्क्रमित भएको र उत्तरी जावजन र कुन्दुजमा हजारौं व्यक्ति सङ्क्रमित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस