aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एसइई परीक्षाको नतिजामा बोर्डको चरम लापरवाही

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, १२ साउन २०७९
एसइई परीक्षाको नतिजामा बोर्डको चरम लापरवाही

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकमा लापरवाही देखिएको छ । बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा लापरवाही देखिएको हो । सार्वजनिक भएको प्रदेशगत नतिजाको प्रतिशतमा त्रुटि देखिएको छ ।  

मधेस प्रदेशको नतिजामा ३.६ देखि ४ जीपीए ल्याउने १ हजार ५३१ संख्यामा उत्तीर्ण १५ प्रतिशत लेखेको बोर्डले बागमती प्रदेशमा सोही जीपीए ल्याउने ४ हजार ६०२ संख्यामा उत्तीर्ण प्रतिशत ०.४७८ लेखेको छ । जबकी मधेसको भन्दा बागमतीमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ३ हजार ३१ ले बढी छ ।

त्यस्तै गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीए ल्याउने ७८४ भएपनि उत्तीर्ण प्रतिशत ०.०८१ लेखिएको छ । क्रमश सोही जीपीएमा लुम्बिनीमा प्रदेशको १ हजार २२० मा ०.१२७ लेखिएको छ । कर्णाली प्रदेशको ११४ मा ०.०१२ लेखिएको छ र सुदुर पश्चिम प्रदेशको १९५ मा ०.०२० लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस