aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • विहीबार, १२ साउन २०७९
चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

काठमाडौं । चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो ।

समितिले चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजनाको समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ । २०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो । २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५र५ वर्षमा चार चरणका कार्यक्रम प्रस्ताव गरिएको थियो । पहिलो चरणको कार्यक्रमलाई ८१  अर्ब ६१ करोड, दोस्रो चरणलाई ६७ अर्ब, तेस्रो चरणलाई ५१ अर्ब ९५ करोड, चौथो चरणलाई ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको थियो । गुरुयोजनाले दोस्रो चरणलाई ६७ अर्ब बजेट अनुमान गरेको भए पनि हाल १५ अर्ब १७ करोड मात्रै बजेट अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस