aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

अर्थशास्त्रीहरुले गरे विश्वभरी आर्थिक मन्दी आउने प्रक्षेपण, कुन देशमा कति प्रतिशत मन्दी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ साउन २०७९
अर्थशास्त्रीहरुले गरे विश्वभरी आर्थिक मन्दी आउने प्रक्षेपण, कुन देशमा कति प्रतिशत मन्दी ?

एजेन्सी । अर्को एक वर्षका लागि विश्वभरीको अर्थतन्त्रमा मन्दीको संकट खडा भएको छ । वास्तवमा, मुद्रास्फीति नियन्त्रण गर्न, धेरै देशका केन्द्रीय बैंकहरू ब्याज दर बढाउन बाध्य छन्। विश्वभरका अर्थशास्त्रीहरूले ब्लुमबर्गको सर्वेक्षणमा यस्तो धारणा राखेका हुन् । सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको श्रीलंकाका लागि आगामी वर्ष खराब सावित हुन सक्ने सर्वेक्षणले देखाएको छ । त्यहाँ मन्दीको सम्भावना ८५ प्रतिशतसम्म छ।

अर्थशास्त्रीहरूले न्युजिल्यान्ड, ताइवान, अष्ट्रेलिया, फिलिपिन्समा क्रमशः ३३ प्रतिशत, २० प्रतिशत, २० प्रतिशत र ८ प्रतशितमा मन्दी आउने अनुमान गरेका छन् । एसियाली अर्थतन्त्रहरू युरोप र अमेरिकाको तुलनामा धेरै हदसम्म लचिलो छन्। चीनको कुरा गर्ने हो भने मन्दीमा फस्ने सम्भावना २० प्रतिशत छ । उही समयमा, दक्षिण कोरिया र जापान मन्दीमा पर्ने सम्भावना २५ प्रतिशतसम्म रहेको अनुमान गरेका छन। जर्मनी, फ्रान्स जस्ता युरोपेली देश ऊर्जाको मूल्यवृद्धिले सबैभन्दा बढी प्रभावित भएका छन् ।

मुडीजका प्रमुख अर्थशास्त्री (एसिया–प्यासिफिक) स्टिभन कोरेनले एसियाली अर्थतन्त्रमा मन्दीको जोखिम भए पनि अमेरिका र युरोपेली मुलुकभन्दा उनीहरुको अवस्था राम्रो रहेको बताए । जर्मनी, फ्रान्स जस्ता देशहरू वस्तुको मूल्यवृद्धि र मुद्रास्फीतिका कारण बढी समस्यामा छन्। एसियामा मन्दीको जोखिम २०–२५ प्रतिशतको दायरामा रहे पनि अमेरिकामा ४० प्रतिशत र युरोपमा ५०–५५ प्रतिशतले जोखिम बढेको छ ।

ब्लूमबर्गका अनुसार इटालीमा ६५ प्रतिशत , फ्रान्समा ५० प्रतिशत  र जर्मनीमा ४५ प्रतिशत मन्दी आउने सम्भावना छ। बेलायतमा पनि मन्दीको ४५ प्रतिशत सम्भावना छ। 

प्रतिक्रिया दिनुहोस