aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रेमसागर कर्माचार्यले १७१ औं पटक गरे रक्तदान

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १३ साउन २०७९
प्रेमसागर कर्माचार्यले १७१ औं पटक गरे रक्तदान

काठमाडौं । समाजसेवामा सक्रिय रहेका नेपालका सर्वाधिक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बिहीबार १७१औं पटक रक्तदान गरेका छन् ।

सुर्खेत उद्योग वाणिाज्य संघले वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा आयोजना गरेको रक्तदान कार्यक्रममा कर्माचार्यले १ सय ७१ औं पटक रक्तदान गरेका हुन् ।

सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखा गठनार्थ आयोजित भेलाले कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा अशोककुमार सिंह, सचिवमा खगेन पुरी, कोषाध्यक्षमा धर्मराज आचार्य सदस्यमा पुनम विसी, सागर लम्साल, कुमार थापा, भोजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ योगी, कृति गुभाजु शाक्य र चन्द्रा रेग्मी चयन भएका छन् । यस्तै, सल्लाहकारमा सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशिलराज शर्मा मनोनयन भएका छन् । सो कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख ढकालले सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यलाई रक्त संकलन थैली हस्तान्तरण गरिन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा विशेष अतिथिका रूपमा काठमाडौंबाट सुर्खेत पुगेका सर्वाधिक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस