aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

मालपोत कार्यालय भक्तपुरका कम्प्युुटर अधिकृतद्वारा पत्रकारमाथि किन दुर्व्यवहार गरे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
मालपोत कार्यालय भक्तपुरका कम्प्युुटर अधिकृतद्वारा पत्रकारमाथि किन दुर्व्यवहार गरे ?

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरमा पत्रकारमाथि दुव्र्यवहार भएको छ ।

लगातार दुई दिनदेखि भक्तपुर मालपोतमा भएको सर्भर डाउन र कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको रिपोर्टिङ गर्न गएका पत्रकार सुशिलबन्धु थापालाई मालपोतको कम्प्युुटर अधिकृत शिबराज पोखरेलले दुव्र्यवहार गरेका छन् । 

सेवाग्राहीहरुको आग्रहमा मालपोत कार्यालयमा सर्भर डाउन भएको रिपोर्टिङ गर्न पुगेका भक्तपुरन्युज डटकमका प्रतिनिधि थापा, कान्तिपुर टेलिभिजनका भक्तपुर प्रतिनिधि सुन्दर सिल्पकार, न्युज २४ टेलिभिजनका भक्तपुर प्रतिनिधि रामगोपाल तमखु र हिमालय टेलिभिजनका भक्तपुर प्रतिनिधि मोहन बल्ल रिपोटिङको लागि मंगलबार मालपोत कार्यालय भक्तपुर पुगेका थिए । कार्यालयमा समाचार संकलनको दुश्य खिचिरहेका पत्रकार थापामाथि कम्प्युुटर अधिकृत पोखरेलले दुव्र्यवहार गरेका हुन् ।

सूचना अधिकृत महेश अधिकारीसँग स्विकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा एकाएक आएर उनले दुव्र्यवहार गरेका हुन् । उनको दुव्र्यवहार पश्चात सूचना अधिकृत अधिकारीले माफि समेत मागेका थिए ।

कम्प्युुटर फाँटमा रहेका छ कर्मचारी मध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारी त्यसमा पनि हिजो देखि नै सर्भर डाउन भएपछि सेवाग्राहीहरु मर्कामा परेका थिए । 
 

प्रतिक्रिया दिनुहोस