aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एक वर्षमा रिलायबल नेपाल लाइफले कमायो २७ करोड ४८ लाख नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ साउन २०७९
एक वर्षमा रिलायबल नेपाल लाइफले कमायो २७ करोड ४८ लाख नाफा

काठमाडौं । एक वर्षको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ करोड भन्दा बढी नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा यस कम्पनीले २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको हो ।  

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा २१.६५ प्रतिशतले वृद्धि भएको हो ।      

त्यस्तै, कम्पनीले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८३ प्रतिशलते बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले ३ अर्ब एक करोड ४७ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो । 

गत वर्षमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ । दिर्घकालिन कर्जा लगानी ६ अर्ब एक करोड पुर्याएको छ । त्यस्तै, यस कम्पनीले गत वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन बापत ५७ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस