
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा रहेको पुल भाँचिएको छ ।
बुधबार बिहान पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिँदा पुल भाचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पुल भाँचिएपछि ठूला सवारी चल्न रोक लगाईएको छ । पुलको मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाईभर्शन गरि यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस