aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ साउन २०७९
शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित रहेको कम्पनीले जनाएको छ ।  

लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाका अनुसार टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएको बताएका छन् ।  

रेड्मी १०एको ठूलो ६.५३ एचडीप्लस डिस्प्लेले  भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्ने जनाईएको छ । अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्रीडी कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउने कम्पनीले जनाएको छ ।   

रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्ध छ । जसको मूल्य क्रमशः  १३ हजार ९९९ रुपैयाँदेखि र १५ हजार ९९९ रुपैयाँ रहेको छ । रेड्मी १०ए १३ श्रावन २०७९ देखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुने जनाईएको छ ।
 

प्रतिक्रिया दिनुहोस