aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

संसदीय विशेष समितिले ‘क्लिन चिट’ दिएपछि जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ साउन २०७९
संसदीय विशेष समितिले ‘क्लिन चिट’ दिएपछि जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

काठमाडौं । अर्थमन्त्रीमा पुनः नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा फर्किने भएका छन् ।  चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि पदबाट राजीनामा दिएका शर्मा फेरि अर्थमन्त्रीमा फर्किने भएका हुन् ।    

माओवादी स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । शर्मा आजै अर्थमन्त्रीमा नियुक्त भई शपथ ग्रहण गर्ने सम्भावना रहेको स्रोतको भनाई छ ।  

बजेटमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको आरोप लागेका तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथी छानविन गर्न बनेको संसदीय विशेष समितिले शर्मालाई ‘क्लिन चिट’ दिइसकेको छ । संसदीय विशेष समितिले ‘क्लिन चिट’ दिएपछि जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा दोहोरिने भएका हुन् । 

संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस