aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

जम्मू कश्मीरमा प्रतिबन्ध हट्याे, केही स्थानमा धारा १४४ कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
जम्मू कश्मीरमा प्रतिबन्ध हट्याे, केही स्थानमा धारा १४४ कायमै

एजेन्सी । १० दिन देखि ठप्प रहेको जम्मू कश्मीर आज खुलेको छ । जम्मू कश्मीरका प्रहरी प्रमुख मुनिर खानले जम्मू कश्मीरमा लगाइएको सबै प्रतिबन्धहरु हटाइएको बताएका हुन् । प्रतिबन्ध हटाइएसँगै जम्मू कश्मीर सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ ।

यद्यपि, कश्मीरका केही भागमा भने प्रतिबन्ध यथावत रहने बताइएको छ । सुरक्षाको दृष्टिकोणले खतरा मानिएका ती क्षेत्रमा धारा १४४ अन्तर्गत मानिसको हिँडडुल सीमित गरिएको छ ।

भारत सरकारले जम्मू कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा समाप्त गर्ने निर्णय गरेसँगै कश्मीरमा कर्फ्यु लगाइएको थियो । इदका लागि भने केही समय कर्फ्युलाई सीमित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस