aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भूमाफियाको धन्दा, पहिले बालुवा बेचेर पछि खोलै बिक्री

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १६ साउन २०७९
भूमाफियाको धन्दा, पहिले बालुवा बेचेर पछि खोलै बिक्री

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० की सरिताकुमारी श्रेष्ठको बाल्यकाल चखुँचाखोला आसपासमै बित्यो । बर्खायाममा खोलाको सतह बढे पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुँचाको पानीमा पौडी खेल्नेदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो । 

तर, तीन दशकमै धेरै कुरा फेरियो । बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का असार–साउनमा धान रोपाइँ गर्दा हरियाली र मङ्सिरमा सुनौलो हुने फाँट अहिले कङ्क्रिटको सहरमा परिणत भएको छ । बाह्रैमास पानी आउने धाराहिटीको नामोनिसान छैन । उनी भन्छन्, “बस्ती विस्तार हुँदै गर्दा सबै प्राकृतिक सम्पदा मासिँदै गए । हुँदा–हुँदा अहिले यज्ञमति र चखुँचाखोलालाई अन्डरग्राउन्ड ह्युमपाइपमा हालेर त्यसको अस्तित्व नै कथाजस्तो लाग्ने अवस्था आएको छ ।”

खोलाकै जग्गा नम्बरी

बूढानीलकण्ठको जगडोलबाट सुरु भई धोबीखोलामा मिसिने चखुँचाखोला यसरी नामेट होला भन्ने श्रेष्ठलाई लागेको थिएन । बाल्यकाल बिताएको तत्कालीन कपन गाविस र हालको बूढानीलकण्ठ–१० मै उहाँको घर छ । घरअगाडि काठमाडौँ महानगरपालिका–७ पर्छ । 

प्रतिक्रिया दिनुहोस