
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावर लिमिटेड १ करोड ७३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ३ करोड ३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको गत वर्ष खुद नोक्सानी ४२ दशमलव ७९ प्रतिशत कम भएको हो ।
गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी २८ दशमलव २३ प्रतिशत बढी भएको छ भने वित्तीय खर्च करिब ४ प्रतिशत कम भएको छ । कम्पनीले ८ करोड ९९ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो भने ६ करोड ५ लाख रूपैयाँभन्दा वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँ रहेको छ भने जगेडा कोष रकम २२ करोड २७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । चौथो त्रैमाससम्म प्रतिशेयर आम्दानी ६ रूपैयाँ ५८ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३१२ रूपैयाँ ७१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस