aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जनार्दन शर्माको झुटो आस्वासनले २२ सय मजदुरको रोजगारी जोखिममा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ साउन २०७९
जनार्दन शर्माको झुटो आस्वासनले २२ सय मजदुरको रोजगारी जोखिममा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको झुटो आस्वासनले २२ सय मजदुरको रोजगारी जोखिममा परेको छ । चालू आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत जिआइ वायर लगायतका कम्पनीमा भन्सार र कर वृद्धि गरेपछि जिआइ वायेर, गेभेन जस्तो उत्पादन गर्ने उद्योगहरु बन्द हुने  अवस्थामा छन् ।

यी उद्योगमा करिब २२ सय कर्मचारी कार्यरत रहेका छन् । सोमबार मोरङ उद्योग संघका अध्यक्ष पवनकुमार सारडाले अर्थमन्त्रीसँगको भेटमा २५ गतेसम्म पनि जिआइ वायेर, गेभेन उद्योगको समस्या समाधान नभए उद्योगमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसक्ने जानकारी गराएको उनले बताए । 

यी उद्योगका कर्मचारी र लगानीकर्ता सबैले अर्थमन्त्रीलाई भेटेर उद्योगका समस्या सुनाएका थियौं । ती समस्याहरुलाई अर्थमन्त्रीले सम्बोधन गर्ने आस्वासन दिनु भएको थियो । तर, अर्थमन्त्रीले केहि दिनमा समस्या समाधान गर्ने भन्नु भएको एक महिना वित्न लाग्यो त्यो विषयमा अहिलेसम्म पनि समाधान गर्ने कुनै तयारी छैन उनले भने । सोमबार मन्त्रालयमा अर्थमन्त्रीलाई भेट्न जाँदा अर्थसचिव भने नभएको उनले जानकारी दिए । उनले भने, अर्थमन्त्रीले राजीनामा दिएका बेलामा समेत अर्थसचिवलाई भेटेर जीआइ वायरका समस्याका बारेमा जानकारी गराएका थियौं । उहाले पनि आस्वासन दिँदै भइहाल्छ भन्नु भएको थियो ।’

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत यस्ता उद्योगहरुमा प्रयोग हुने कच्चा पदार्थको ५ प्रतिशत ड्युटी रहेकोमा १० प्रतिशत पुर्याईएको छ । एक्ससाइज दुई हजार पाँच सय रहेकोमा चार हजार पाँच सय बनाईएको छ । जुन फिनिस्ड गुड मात्र हुनुपर्ने हो त्यसमा पनि ३० प्रतिशत ड्युटी बढाएको छ  र एक्साइज १० प्रतिशत लगाएको छ । 

उनले भने, ‘अर्थमन्त्रीले स्टिल र जीआइ वायर उद्योगको समस्या समाधान गर्न आफू लागि परेको आस्वासन दिनुभयो । तर, चुनावको मिति घोषणाको मिति नजिक रहेकाले अब बजेटबाट गरेको व्यवस्था संशोधन होला भन्ने लाग्दैन ।’ सरकारले केहि व्यापारीलाई साथ लिएर हजारौ मजदुरको रोजिरोटी खोस्दैछ अब सबै कर्मचारीलाई हामी माइतिघरमा ल्याएर कालो पट्टी बाँधेर धर्ना बस्न लगाउँछौं उनले भने । 

प्रतिक्रिया दिनुहोस