aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आज नागको पूजा गरेर नागपञ्चमी मनाईंदै

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १७ साउन २०७९
आज नागको पूजा गरेर नागपञ्चमी मनाईंदै

काठमाडौं । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज मंगलबार नाग पञ्चमी पर्व मनाइँदै छ ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने धार्मिक विश्वास छ ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग पँजा पञ्चमीका दिन गरिन्छ । बिहानै स्नान गरी गार्ईको गोबर अथवा गहुँको पिठोबाट निर्मित वा कागजमा बनाइएको नागलाई दियो, कलश, गणेश पँजा गरी दही, दुबो, कुश, फँल, सिन्दँर, चन्दनले पँजा गरिन्छ । नाग पँजा गरी, धँपदीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरका ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग नष्ट हुने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस