aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण भएपछि निर्धारित भेटघाट बन्द

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १७ साउन २०७९
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण भएपछि निर्धारित भेटघाट बन्द

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । 

हिजो सोमबार गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् । 

उनलाई निमोनियाको लक्षण पनि देखिएको छ । स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस