aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कसले पिउँछ हजुर यति महँगो चिया ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ साउन २०७६
कसले पिउँछ हजुर यति महँगो चिया ?

एजेन्सी । भारतको गुवाहाटीमा चियाको मूल्यमा नयाँ रेकर्ड बनेको छ।  गुवाहाटीको चिया लिलामी केन्द्रमा एक किलो चिया  हजारौं रुपैयाँमा बिक्री भएको छ । गुवाहाटीको डिकोम टी स्टेटले उत्पादन गरेको गोल्डन बटरफ्लाईु चिया हालसम्म कै महँगो मूल्यमा बिक्री भएको हो । गुवाहाटीको सबैभन्दा पुरानो चिया बिक्रेता मेसर्स असम टी ट्रेडर्सले यो चिया आफ्ना ग्राहकको लागि खरिद गरेको हो ।

मंगलबार यो नयाँ रेकर्ड बन्नुभन्दा पहिला यही वर्षको जुलाई ३१ तारिकमा माइजान ऑर्थोडोक्स गोल्डन टी टिप्स १ लाख १३ हजार रुपैयाँमा बिक्री भएको थियो । गोल्डन बटरफ्लाई को उत्पादन भएकै डिब्रूगढ जिल्लाको माथिल्लो असममा यो चियाको उत्पादन भएको थियो ।

यसअघि हरमट्टी गोल्ड टी ३५ हजार रुपयाँ प्रतिकिलो बिक्री भएको थियो । त्यसैगरी मनोहरी गोल्ड टी ८० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो ।

यी सबै चिया यति महँगो हुनुको कारण चाहिँ यसमा पाइने बिशेषता नै हो । अत्यन्तै सावधानीपूर्वक उत्पादन गरिएका यो हातेपत्ति चियाको नाम गोल्डन बटरफ्लाई रहनुको सन्दर्भ पनि रोचक छ । सन् २०१२ मा लण्डनबाट आएको व्यापारीको टोलीले यो चिया उत्पादनको समयमा बगानमा सुनौला पुतली देखेपछि यसको नाम त्यसैको आधारमा राखेका हुन् ।

जून महिनाको एक हप्तामा मात्र उत्पादन हुने हुनाले यसको गुणस्तर पनि बिशेष छ । यसवर्ष जम्मा ८ किलोग्राम मात्र उत्पादन भएको यो चिया मंगलबार जम्मा १ किलो  बिक्री भएको हो । समाचारमा उल्लेख भए अनुसार यसको स्वाद मधुर हुन्छ,  यो चिया पिएपछि धेरै समयसम्म राम्ररी पाकेको सक्खर मुखमा राखिरहे जस्तो अनुभूत हुन्छ ।   

प्रतिक्रिया दिनुहोस