
काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी रिट सुनुवाइ सकिएको छ । संवैधानिक इजलासमा रहेको सो मुद्दा हेर्दाहेर्दैमा रहेकोमा मंगलबार सुनुवाइ सकिए पनि निसु (निर्णय सुनाउने) दिन भने १ भदौका लागि तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको इजलासमा शुक्रबारदेखि सो मुद्दा हेर्दाहेर्दै रहेको थियो । गत २९ असारदेखि सुनुवाइ सुरु भएको मुद्दा हेर्दाहेर्दैमा थियो ।
कर्मचारी समायोजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत २ असारमा आइपुगेको थियो । १७ जेठमा बृहत् पूर्ण इजलासमा पठाइएको मुद्दा पाँच न्यायाधीशको इजलासले संवैधानिक विवाद देखिएकाले त्यसको सम्बोधन गर्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाएको हो ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले गम्भीर संवैधानिक विवाद देखिएको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।
१२ माघ २०७८ मा न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले सरकारले गरेको कर्मचारी समायोजन कानुनसम्मत रहेको ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस