aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद, वान वे हटाउँदा महर्जन र सिंहबीच फोनमै भनाभन

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १९ साउन २०७९
ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद, वान वे हटाउँदा महर्जन र सिंहबीच फोनमै भनाभन

तपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक प्रहरीले त्यसलाई हटाएसँगै विवाद उत्पन्न भएको हो ।

सडक बाटोको विषयलाई लिएर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहबीच फोन संवादमा भनाभनको स्थिति आएको छ ।

‘वान वे’ हटाउँदा महर्जन र सिंहबीच फोनमै भनाभन

महानगरपालिकाले गत १० साउनबाट नख्खु–एकान्त कुनामा लागू गरेको वान वे प्रहरीले हटाएको थियो । महानगरपालिकाले यसअघि पनि विभिन्न सडकमा वान वे कायम गर्दै आएको थियो । प्रहरीले यसअघि बेवास्ता गर्दै आए पनि पछिल्लोपटक भने महानगरपालिकाले गरेको वान वे सडकलाई हटाएर दुईतर्फी (टु वे) बनाएको हो । प्रहरीले वान वे हटाएपछि मेयर महर्जन आफैं ‘वान वे’ क्षेत्रमा पुगेर फेरि दुईतर्फी गाडी सञ्चालनमा रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस