
काठमाडौं । सर्वोच्च अदालतमा कार्यरत रहेका कर्मचारी ट्रेड युनियनले सर्वोच्चको भवन निर्माणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै भवन निर्माणका विषयमा सार्वजनिक सञ्चार माध्यमदेखि महालेखा परीक्षक कार्यालयसम्मले प्रश्न उठाएकाले छानबिन गर्न माग गरेका हुन् ।
‘सर्वोच्च अदालतलगायत मुलुकका विभिन्न अदालतको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्ष रूपमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गरी अनियमितता भएको देखिए दोषीउपर कारबाही गर्न र सर्वोच्चले अदालतको आन्तरिक व्यवस्थापन सौहार्दपूर्ण कायम राख्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका त्यसमाथि न्यायको मन्दिर निर्माणमा पनि अनियमितता र भ्रष्टाचारको कुरा उठ्दा हामी सम्पूर्ण न्यायकर्मीको शिर निहुरिएको अवस्था छ ।’
प्रतिक्रिया दिनुहोस