aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

८ अर्ब ७१ करोड ४७ लाख लागतमा बिनाअध्ययन सभाहल निर्माण

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १९ साउन २०७९
८ अर्ब ७१ करोड ४७ लाख लागतमा बिनाअध्ययन सभाहल निर्माण

काठमाडौं । सरकारले अध्ययन र योजना नै नबनाई विभिन्न ठाउँमा झन्डै तीन दर्जन सभाहल निर्माण गर्दै आएको पाइएको छ । सभाहल बनाउनेमा संघ सरकारदेखि स्थानीय तहसमेत सामेल छन् ।

आवश्यकता पहिचान गरी सभा हल निर्माण गरिनुपर्नेमा बिनायोजना धमाधम सभाहल निर्माण गर्दै आएको पाइएको हो ।

भौतिक पूर्वाधार तथा विकास निर्माणमा ढल, बाटोघाटो खानेपानीजस्ता विषयलाई महत्व दिनुपर्नेमा ‘सभाहल, भ्यु टावरलाई प्राथमिकता दिएको’ भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

सरकारले विभिन्न जिल्लामा ३३ सभाहल निर्माण कार्यक्रम स्वीकृत गरेर ८ अर्ब ७१ करोड ४७ लाख लागतमा सभाहल निर्माण गर्दै आएको हो ।

कतिपय सभाहल निर्माण सम्पन्न भइसक्नुपर्नेमा बजेट थप गर्दै निर्माणक्रममै रहेकोसमेत पाइएको छ । कतिपय जिल्लामा सरकारी कार्यालयमै सभाहल हुँदाहुँदै सरकारी कार्यक्रम भने निजी होटलमा हुने गरेका छन् । सरकारी पक्षबाटै आफ्नै सभाहल प्रयोग नभइरहेको बेला सरकारको प्राथमिकता भने सभाहल, भ्यु टावर, स्वागतद्वार निर्माणमा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस