
एजेन्सी । अदानी पावरले आर्थिक वर्ष २०२२-२३ को अप्रिल(जुन त्रैमासिकको नतिजा आज अर्थात अगस्ट ३, २०२२ मा जारी गरेको छ। अप्रिल-जुन क्वाटरमा, कम्पनीको नाफा १,६१९ प्रतिशत बढेर ४,७८० करोड रुपैयाँ भारु पुगेको छ। जहाँ गत आर्थिक वर्षको सोही त्रैमासमा २७८ करोड रुपैयाँ थियो । अर्थात् विगत १ वर्षमा कम्पनीको नाफा १६ गुणाले बढेको छ ।
कम्पनीको कुल आम्दानी बढेर १५,५०९ करोड रुपैयाँ भारु पुगेको छ। जुन गत वर्षको जुन त्रैमासिकमा ७,२१३.२१ करोड रुपैयाँ थियो। अर्थात् कम्पनीको आम्दानीमा ११५ प्रतिशतले वृद्धि भएको छ ।
अदानी पावरको शेयरको कुरा गर्ने हो भने आज ठूलो वृद्धि भएको छ । आज यो ११.४५ रुपैयाँ बढेर ३४० रुपैयाँमा पुगेको छ । योसँगै पछिल्लो १ महिनामा २९.९२ प्रतिशतले बढेको छ ।
अदानी विल्मारले अप्रिल-जुन त्रैमासिकमा १९३.५९ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा १०.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही त्रैमासमा यसको नाफा १७५.७० करोड रुपैयाँ थियो ।
अर्कोतर्फ, चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सञ्चालनबाट समेकित राजस्वले राम्रो बृद्धि गरेको छ, जुन ३०.२३ प्रतिशतले बढेर रु १४,७३१.६२ करोड पुगेको छ। त्यस्तै गत वर्षको पहिलो त्रैमासिकमा राजस्व ११,३११.९७ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस