
काठमाडौं । भारतमा मंकिपक्सबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि संक्रमण देखिएपछि संक्रमितको संख्या ९ पुगेको हो ।
बीबीसीका अनुसार पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । यो सँगै देशको राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ ।
पछिल्लो पटक संक्रमण देखिएकी महिलाको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस