काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
निगम भित्र अनियमितता गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। सोही प्रस्तावअनुसार अधिकारीलाई आजको मन्त्रिपरिषद बैठकले बर्खास्त गर्ने निर्णय गरेको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस