aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रधानमन्त्री कार्यालयमा सरुवा भए अर्थसचिव मरासिनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
प्रधानमन्त्री कार्यालयमा सरुवा भए अर्थसचिव मरासिनी

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो ।  

मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर भएका थिएनन् । जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर अर्थमन्त्रालय फर्किएपछि मारसिनी मन्त्रालयमा हाजीर नभएका हुन् । शर्मा अर्थमन्त्री भएर पुनः फर्किएपछि मरासिनी आफैले सरुवा मागेकोले उनलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस