
काठमाडौं । नेपाली किसानका लागि यो बर्षको मलको हाहाकार नहुने भएको छ । धान बालिका लागि चाहिने युरिया मल वीरगन्ज स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा रेलको ¥याक मार्फत आउन थालेकोले यो बर्ष युरिया मलको हाहाकार नहुने भएको हो ।
कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डर मार्फत मगाएको ६० हजार मेट्रिक टन मल पहिलो लटमा ३० हजार मेट्रिक टन नेपाल प्रवेश गर्न थालेको छ । ओमनबाट आउने भनिएको ६० हजार मेट्रिक टन मध्ये पहिलो लटको ३० हजार मेट्रिक टनको युरिया नेपाल आउन थालेको कृषि सामग्री कम्पनीका प्रमुख राजेन्द्र कार्कीले बताए । अबको डेड महिना भित्र ६० हजार मेट्रिक टन युरिया र ४० हजार डिएपी मल नेपाल आइसक्ने उनको भनाई छ । जोर्डनबाट पनि थप २०÷२० हजार मेट्रिक टन मल चाँडै आउने उनले बताए ।
‘एलसी सम्झौता भएको २७ दिन भित्रै ओमनबाट नेपाल प्रवेश गरेको यो पहिलो रेकर्ड हो ।’ कम्पनीका प्रमुख कार्कीले भने । अहिलेको मल निकै राम्रो अर्थात सेतो र दानेदार छ । यो क्वालिटीमा पनि सहि रहेको उनले तर्क गरे ।
प्रतिक्रिया दिनुहोस