
एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट आक्रोशित चीनले दक्षिण चीन सागरमा सैन्य अभ्यास सुरु गरेको छ । यो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास हो। यसमा धेरै युद्धपोत, १०० फाइटर जेट, लामो दूरीको मिसाइल र लडाकु हेलिकप्टरको प्रयोग भइरहेको छ । चीनले यस अभ्यासलाई ‘लाइभ फायरिङ’ नाम दिएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको भोलिपल्ट चीनले ताइवानतर्फ ११ वटा मिसाइल प्रहार गरेको छ । जसमध्ये ५ जापानको विशेष आर्थिक क्षेत्रमा परेका छन् । यसपछि जापानले चीनलाई तत्काल सैन्य अभ्यास रोक्न आग्रह गरेको थियो । यो अभ्यास ती ६ वटा क्षेत्रको नजिक भइरहेको छ, जसलाई चीनले आफ्नो ठान्छ र कब्जा गर्ने धम्की दिएको छ। ताइवान वरपर १०० भन्दा बढी चिनियाँ लडाकु विमानहरू छन्।
प्रतिक्रिया दिनुहोस