काठमाडौं । नेकपा एमालेबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि धरानको कार्यपालिका बैठक स्थगित भएको छ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतसँगको परिचयात्मक कार्यक्रम लगत्तै एमालेका कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बैठक छोडेर हिँडेका थिए। वडा नं १५ का वडाअध्यक्ष तथा एमाले संसदीय दलका नेता नरेश इवारमले कारण नबताई बैठक स्थगित गर्न आग्रह गरेका थिए। मेयर हर्क साम्पाङले बैठक रोक्नुको कारण बताउन आग्रह गरेपनि कारण नबताई एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु बाहिरिएका थिए।
एमालेले बहिष्कार गरेपछि आवश्यक कोरम नपुग्ने भएकोले एजेण्डामा प्रवेश नगरी बैठक स्थगित भएको थियो। यद्यपी, माओवादी केन्द्रबाट निवार्चित वडा १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई ९मनोज० र कांग्रेसबाट निवार्चित वडा १६ का अध्यक्ष मुरारी भटट्राईले मन्तव्य राखेका थिए। उनीहरुले बराह सहकारीसँगको घटना र सामाजिक सञ्जालमा भइरहेको सामाजिक सद्भाव भड्काउने गतिविधिहरुप्रति गम्भीर हुन सबै पक्षलाई आग्रह गरेका थिए। साथै उनीहरुले कारण नबताई बैठक बहिष्कार गरिएकोमा असन्तुष्टी पनि प्रकट गरे।
प्रतिक्रिया दिनुहोस