aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, २१ साउन २०७९
चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ । तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको हो ।

यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस